कक्षा अगुवाको लागि नोट
अन्तिम परीक्षाको तालिका बनाउनुहोस् र समूह यसको लागि तयार छ भनी सुनिश्चित गर्नुहोस्।
Search through all lessons and sections in this course
Searching...
No results found
No matches for ""
Try different keywords or check your spelling
1 min read
by Stephen Gibson
अन्तिम परीक्षाको तालिका बनाउनुहोस् र समूह यसको लागि तयार छ भनी सुनिश्चित गर्नुहोस्।
प्रथम शताब्दीमा सुसमाचार ग्रहण गर्ने संसारलाई तीन संस्कृतिले आकार दिए। परमेश्वरले संसारलाई सुसमाचार सबैभन्दा प्रभावकारी हुनको लागि तयार पार्नुभयो।
ग्रीक संस्कृति
अलेक्ज्याण्डर महानले सभ्य संसारलाई जिते र आफ्नो साम्राज्यको स्थापना गरे। उनले जानाजानी ग्रीक संस्कृति फैलाए, किनकि उनी विश्वास गर्थे कि यो अरू सबै भन्दा श्रेष्ठ छ र यसले उनको साम्राज्यलाई एकताबद्ध गर्न मद्दत गर्नेछ। उनी चाहन्थे कि सबैले ग्रीक बोलून् र ग्रीक रीतिरिवाजहरू अभ्यास गरून्। यसले सुसमाचारको लागि तयारी गर्यो किनभने मिसनेरीहरूले सम्पूर्ण साम्राज्यभरि ग्रीक भाषामा सुसमाचार प्रचार गर्नसक्थे।
ग्रीक सोचले मानिसहरूलाई आफूलाई मुख्यतया कुनै जनजाति र परिवारको सदस्यको रूपमा नभई व्यक्तिको रूपमा हेर्न बाध्य बनायो। त्यसकारण, तिनीहरू व्यक्तिगत धार्मिक छनौट गर्न बढी खुला भए। मानिसहरूले आफ्नो धर्म परिवर्तन गर्नु सम्भव छ भन्ने महसुस गरे।
ग्रीकहरूले आफूलाई आफ्नो सानो राज्यको नागरिकको रूपमा मात्र नभई विश्वको नागरिकको रूपमा हेरे। तिनीहरूले महसुस गरे कि त्यहाँ सत्य छ जुन सबै मानिसहरूमा लागू हुन्छ, प्रत्येक समूहको आफ्नै सत्य हुनुको सट्टा। यसले तिनीहरूलाई महसुस गरायो कि सत्य तिनीहरूकहाँ कतैबाट आउन सक्छ, र तिनीहरूको आफ्नै परम्पराबाट मात्र होइन।
ग्रीक दार्शनिकहरूले जीवन र ब्रह्माण्डको अर्थ सम्बन्धी प्रश्नहरूको जवाफ दिने प्रयास गरे। उनीहरू विश्वास गर्थे कि सबैको लागि जीवनको व्याख्या गर्ने उत्तरहरू छन्।
ग्रीक दार्शनिकहरूले पुराना धर्महरू गलत थिए भनेर देखाउन तर्क प्रयोग गर्थे। तिनीहरूले मानिसहरूलाई देवताहरूको किंवदन्तीहरूबाट असन्तुष्ट पनि बनाए। देवताहरू मानव गल्तीहरू, अनैतिक र दुष्ट कार्यहरूको दोषी, मानवताको अतिरञ्जना गर्थे।
ग्रीक दार्शनिकहरूले जीवन र वास्तविकताको लागि नयाँ व्याख्याहरू प्रस्ताव गरे। प्रत्येक नयाँ दर्शनमाथि बहस भयो, र कुनै पनि दर्शनले प्रश्नहरूको पूर्ण जवाफ दिन सफल भएन। तिनीहरूले महत्त्वपूर्ण प्रश्नहरू पत्ता लगाए र छलफल गरे तर तिनीहरूको जवाफ दिन सकेनन्।
दर्शनले मानवताको आत्मिक आवश्यकता पूरा गर्न सकेन।
ख्रीष्टियान विश्वासले दर्शनले सोधेका प्रश्नहरूको जवाफ दियो र आत्मिक आवश्यकतालाई पनि पूरा गर्यो।
► ग्रीक संस्कृतिले संसारलाई कसरी परिवर्तन गर्यो र सुसमाचार फैलाउनको लागि कसरी तयारी गर्यो?
रोमी संस्कृति
ग्रीक साम्राज्य विभिन्न क्षेत्रहरूमा विभाजित भएपछि रोमी साम्राज्यको विकास भयो। रोमीहरूले धेरै राष्ट्रहरूलाई जिते र एकताबद्ध गरे, तर धेरैजसो साझा संस्कृति अझै पनि ग्रीक नै थियो।
रोमी विजयहरूले गर्दा मानिसहरूले आफ्ना स्थानीय देवताहरूमाथि विश्वास गुमाए, जसले तिनीहरूलाई मद्दत गर्न सकेनन्। मानिसहरू सर्वशक्तिमान, विश्वव्यापी ईश्वरको बारेमा सुन्न बढी इच्छुक भए।
रोमीहरू धेरै देवताहरूमा विश्वास गर्थे र ग्रीक पौराणिक कथाहरू जस्तै किंवदन्तीहरू थिए। धेरै शिक्षित रोमीहरूले वास्तवमा देवताहरूमा विश्वास गर्दैनथे तर धर्मलाई आफ्नो संस्कृतिको भागको रूपमा अभ्यास गर्थे।
रोमी कानूनले न्यायको स्पष्ट अवधारणा ल्यायो। रोमी अदालतहरूले प्रमाणलाई उचित तरिकाले विचार गर्थे। यसले मानिसको दोष र धर्मीकरणको सिद्धान्तको जग बसाल्न मद्दत गर्यो।
रोमी प्रभुत्वले राष्ट्रहरू बीचका साना युद्धहरूको अन्त्य गर्यो, जसले गर्दा प्याक्स रोमाना, रोमी शान्ति भनिने कुरा आयो। यसले यात्रालाई सुरक्षित बनायो, र मिसनेरीहरू कुनै समस्या बिना राष्ट्रिय सीमानाहरू पार गर्न सक्थे।
► रोमी संस्कृतिले संसारलाई कसरी परिवर्तन गर्यो र सुसमाचार फैलाउनको लागि कसरी तयारी गर्यो?
यहूदी संस्कृति
यहूदीहरू सभ्य संसारभरि छरिएका थिए, र जताततै तिनीहरूले सभाघरहरू स्थापना गरे र आफ्नो विश्वास सिकाए। प्रेरितहरूले देखे कि मोशालाई हरेक शहरमा शिक्षा दिइन्थ्यो (प्रेरित 15:21)। इस्राएलको धर्मप्रति विश्वासयोग्य यहूदीहरूको रोममा प्रभाव थियो।
यहूदी धर्मको सार्वभौम, पवित्र ईश्वरको अवधारणा, यसका त्रुटिपूर्ण, अनैतिक देवताहरू भएको पौराणिक कथाभन्दा बढी सम्मानजनक थियो। नैतिक अराजकताको संसारमा यहूदी धर्मको उच्च नैतिकता आकर्षक थियो। ख्रीष्टियान धर्मले यी नैतिकताहरू साझा गर्यो, तिनीहरूलाई हुर्कायो, र पापीलाई रूपान्तरण गर्न र पवित्र जीवनयापन गर्न सक्षम बनाउन अनुग्रहको सम्भावनाको प्रचार गर्यो।
इतिहासमा परमेश्वरको उद्देश्य र मसीहको अपेक्षाको बारेमा यहूदी धर्मको अवधारणाले भविष्यको लागि आशा दियो। आशा परमेश्वरको हस्तक्षेपमा थियो, मानव समाधानमा होइन। ख्रीष्टियान विश्वासले घोषणा गर्यो कि मसीह (ख्रीष्ट) आइसक्नुभएको छ र नयाँ युग सुरु भएको छ।
► यहूदी संस्कृतिले संसारलाई कसरी परिवर्तन गर्यो र सुसमाचार फैलाउनको लागि कसरी तयारी गर्यो?
यस खण्डमा, पावल प्रेरितले पत्र किन लेख्दैछन् भनी व्याख्या गर्छन्। उनी तिनीहरूलाई भेट्न चाहन्छन्, त्यसपछि स्पेनमा मिसनेरी कार्य सुरु गर्न उनीहरूको मद्दत प्राप्त गर्न चाहन्छन्। पत्रको यो उद्देश्यले यसको संरचनालाई निर्देशित गर्यो किनभने पावलले सुसमाचार के हो, सबैलाई यसको आवश्यकता किन छ, सन्देशवाहकहरू किन महत्त्वपूर्ण छन्, र उनी किन जान योग्य थिए भनेर व्याख्या गरे। उनले देखाए कि विश्वव्यापी मिसनहरू सधैं परमेश्वरको योजना थियो।
► विद्यार्थीले समूहको लागि रोमी 15:8-33 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(15:8) येशूले यहूदी कुलपिताहरूलाई दिइएको मसीही प्रतिज्ञाहरू पूरा गर्नुभयो र यहूदी राष्ट्र र धर्मको माध्यमबाट आउनुभयो।
(15:9-12) पुरानो करारका धेरै उद्धरणहरू मार्फत, प्रेरितले देखाउँछन् कि परमेश्वरले सधैं अन्यजातिहरूकहाँ सुसमाचार जाने योजना बनाउनुभएको थियो। पावलले उद्धृत गरेका धर्मशास्त्रहरूमा, अगमवक्ताहरूले भविष्यवाणी गरेका थिए कि:
अन्यजातिहरू परमेश्वरको आराधक बन्नेछन्।
मसीहले अन्यजातिहरूमाथि शासन गर्नुहुनेछ।
अन्यजातिहरूले मसीहमा भरोसा गर्नेछन्।
(15:13-14) प्रेरितले रोमी मण्डलीको लागि आशिषको प्रार्थना गर्छन् र भन्छन् कि उनी विश्वास गर्छन् कि तिनीहरू आत्मिक रूपमा बलिया छन्। निम्न पदहरूमा, उनले तिनीहरूलाई मिसनेरी कार्यको लागि दर्शन राख्न आह्वान गर्नेछन्। आत्मिकरूपमा बलियो भएको आशिषित मण्डली पनि मिसनेरी कार्यमा दर्शन र संलग्नताबिना पूर्ण हुँदैन।
► यदि कुनै मण्डलीले सुदुर ठाउँहरूमा मिसनेरी कार्यलाई समर्थन गर्ने इच्छा राख्दैन भने के हुन्छ?
(15:15-16) उहाँले तिनीहरूलाई अन्यजातिहरूकहाँ सुसमाचार पुर्याउनको लागि उनलाई दिइएको विशेष बोलावटको बारेमा बताउँछन्। यस कामको लागि परमेश्वरले उनलाई विशेष आत्मिक वरदानहरू दिनुभएको छ। उनको इच्छा यो छ कि अन्यजातिका मण्डलीहरू पवित्र र साँचो होऊन्, परमेश्वरलाई मन पर्ने होऊन्।
(15:17-19) परमेश्वरले उनको सेवकाईमा सफलता दिनुभएको छ। धेरै अन्यजातिहरू परमेश्वरको वचनप्रति आज्ञाकारी भएका छन्। सेवकाईको सबैभन्दा महत्त्वपूर्ण परिणाम भनेको मानिसहरूले पश्चात्ताप गरेका छन् र परमेश्वरको आज्ञाकारितामा जीवन बिताएका छन्। सफलताको अन्य कुनै चिन्ह यति महत्त्वपूर्ण छैन। उहाँ भन्नुहुन्छ कि उहाँको सेवकाई पनि परमेश्वरद्वारा गरिएका चमत्कारहरूद्वारा चिन्हित छ। उनले ठूला क्षेत्रहरूमा सुसमाचार फैलाए।
(15:20-22) उनको अभ्यास पहिले सुसमाचार प्रचार नगरिएका ठाउँहरूमा प्रचार गर्नु थियो। उनले व्यवस्थित रूपमा क्षेत्रहरूमा सुसमाचार पुर्याएका थिए। त्यही प्रमुख कारण थियो कि उनले रोमको यात्रा गरेनन्, किनभने त्यहाँ पहिले नै सुसमाचार प्रचार भइसकेको थियो।
(15:23-24) उनले आफ्नो नजिकैको हरेक क्षेत्रमा सुसमाचार प्रचार गरेका थिए। उनी चाहन्थे कि रोमी मण्डलीले उनलाई स्पेनभन्दा बाहिर मिसनेरी यात्रा गर्न मद्दत गरोस्। यो यात्राले उनलाई रोममा प्रचार र संगति गर्ने अवसर दिनेछ, र उनलाई अझै नपुगेको क्षेत्रमा पुग्न मद्दत गर्नेछ।
► सुसमाचार फैलाउन प्रत्येक ख्रीष्टियान र प्रत्येक मण्डलीको कर्तव्य कसरी हुन्छ भनेर व्याख्या गर्नुहोस्। (आवश्यक परेमा, पहिलो पाठमा 1:15 मा रहेको नोट हेर्नुहोस्।)
(15:25-29) पहिला, उनी अन्यजातिको मण्डलीबाट यहूदी मण्डलीमा भेटी लैजान यरूशलेमको यात्रा गर्थे। यो भेटी धेरै महत्त्वपूर्ण थियो। भेटी पठाएर, अन्यजातिहरूले यहूदीहरूप्रति आफ्नो ऋण चुक्ता गरिरहेका थिए, किनभने यहूदी ख्रीष्टियानहरूले उनीहरूकहाँ सुसमाचार ल्याए। भेटी ग्रहण गरेर, यहूदीहरूले स्वीकार गर्थे कि अन्यजातिहरू एउटै मण्डलीमा छन्। त्यहाँ छुट्टाछुट्टै ख्रीष्टियान मत हुने थिएन। त्यसैले पावलले तिनीहरूलाई यहूदी विश्वासीहरूले भेटी स्वीकार गरून् भनेर प्रार्थना गर्न भने।
(15:30-33) उनले उनीहरूलाई यरूशलेमका अविश्वासी यहूदीहरूको खतराबाट छुटकारा पाउन प्रार्थना गर्न भने, ताकि उनी रोम आउन सकून्। यो प्रार्थनाको जवाफ दिइयो, यद्यपि उनले रोजेको तरिकाले होइन। यरूशलेममा यहूदी शासकहरूले पक्राउ गरे, त्यस पछि रोमी राज्यपालले लगे र मुद्दाको लागि रोम पठाएपछि पावल कैदीको रूपमा रोम आइपुगे।
(कथा प्रेरितको पुस्तकमा छ, प्रेरित 21:26 बाट सुरु भएर प्रेरितको पुस्तकको अन्त्यसम्म जान्छ।) हामीलाई थाहा छैन कि पावलले स्पेनको यात्रा गरे कि गरेनन्।
► स्पेनको यात्रा उनले योजना गरेअनुसार नभए पनि पावलको जीवनका घटनाहरूमा हामी परमेश्वरको विधिविधान कसरी देख्छौं?
अध्याय 16 को सारांश
पावलको अन्य कुनै पनि पत्रमा भन्दा यस पत्रमा नामद्वारा धेरै अभिवादनहरू छन्। हुनसक्छ कि उनी रोम नगएको हुनाले, उनले मण्डलीसँगको आफ्नो सम्बन्ध सुरु गर्न मद्दत गर्न त्यहाँ उपस्थित सबै परिचितहरूको उल्लेख गरे।
► विद्यार्थीले समूहको लागि रोमी 16 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(16:1-2) फिबी सम्भवतः यो पत्र ल्याउनेहरूसँगै थिइन्। पावलले तिनीहरूलाई तिनको सेवकाईमा मद्दत गर्न अह्राए किनभने तिनले धेरै मानिसहरूको आवश्यकताहरू पूरा गरेकी थिइन्। मद्दत गर्ने सबैभन्दा राम्रो व्यक्ति त्यो व्यक्ति हो जो पहिले नै अरूको लागि आशिष् बनेको छ।
(16:3-4) अक्वीला र प्रिस्सिलाले पावलको लागि आफ्नो ज्यान जोखिममा पारेका थिए। तिनीहरूको बारेमा अझ जान्नको लागि प्रेरित 18:1-3, 24-26 लाई हेर्नुहोस्।)
(16:7, 11, 21) यी पदहरूमा पावलका आफन्तहरूको नाम दिइएको छ।
(16:13) उल्लेख गरिएको महिला सम्भवतः पावलकी आमा होइनन्। रुफस सायरेनीका सिमोनका छोरा हुनसक्छन् जसले येशूको क्रूस बोकेका थिए, किनकि मर्कूस 15:21 मा तिनको नाम यसरी उल्लेख गरिएको छ कि मानौं तिनी पछिबाट मण्डलीमा परिचित भएका थिए।
(16:17-18) त्यहाँ मानिसहरू छन् जसले आफ्नै अनुयायीहरू निर्माण गर्न मण्डलीको आधारभूत सत्यबाट अरूलाई अलग गर्ने प्रयास गर्छन्। तिनीहरू ख्रीष्टको सेवा गर्दैनन्, तर आफ्नै इच्छाहरूको सेवा गर्छन्। तिनीहरूको सन्देश उद्धारको सही सिद्धान्तहरूको विपरीत छ। (3 यूहन्ना 1:9-10 र 2 पत्रुस 2:1-3 लाई हेर्नुहोस्।)
(16:19) हामीले सत्यको बारेमा सकेसम्म धेरै सिक्नु आवश्यक छ। हामीलाई दुष्टताको बारेमा धेरै जान्नु आवश्यक छैन। दुष्ट कुराहरूको अध्ययन गर्ने मानिसहरूले अस्वस्थ आकर्षण र आफ्नो सोचाइको विकृतिको खतराको सामना गर्छन्।
(16:20) ख्रीष्टको कामद्वारा मण्डलीले अन्ततः शैतानमाथि विजय हासिल गर्नेछ (उत्पत्ति 3:15)।
(16:22) पत्रको लेखक तर्तियस थिएनन्, तर पावलको रूपमा लेख्ने व्यक्तिले उनलाई पत्र सुनाए।
(16:25-27) यी पदहरूले पत्रको मुख्य विषयवस्तुहरूलाई जनाउँदछ। “मेरो सुसमाचार” र “येशू ख्रीष्टका विषयको प्रचार” वाक्यांशहरूलाई ध्यान दिनुहोस्। उनलेले फेरि भन्छन् कि सुसमाचार ताजा प्रकाश र अगमवक्ताहरूको पुरानो सन्देश दुवै हो। उनले मिसनहरूको अन्तिम सन्दर्भसित अन्त्य गर्नुहुन्छ, तिनीहरूलाई सम्झाउँदै कि सन्देश सबै राष्ट्रहरूको लागि हो। मिसन कार्यको लक्ष्य येशूले महान् आज्ञामा भन्नुभएको जस्तै हो (मत्ती 28:19-20): मानिसहरूलाई ख्रीष्टको आज्ञाकारितामा ल्याउनु। यसले पत्रलाई सुरु भएकै समयमा समाप्त गर्छ, जस्तै 1:5 ले भन्छ: सेवकाईको कारण भनेको नै सबै राष्ट्रका मानिसहरूलाई परमेश्वरको आज्ञाकारितामा ल्याउनु हो।
रोमीको पुस्तकबाट मात्र पदहरू प्रयोग गरेर सुसमाचारको व्याख्या गर्न सकिन्छ। सुसमाचारको यो प्रस्तुतीकरणलाई कहिलेकाहीं “रोमी मार्ग” पनि भनिन्छ।
प्रत्येक सन्दर्भको लागि व्याख्याको पहिलो वाक्य याद गर्नु सबैभन्दा महत्त्वपूर्ण हो।
रोमी 3:23
“सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।”
हरेक व्यक्तिले तिनीहरूले गरेका कामहरू गलत हो भनी जान्दाजान्दै पाप गरेका छन्। यो पदले मानिसहरूको वास्तविक समस्या देखाउँछ। तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेका छैनन्; तिनीहरूले जानाजानी परमेश्वरको आज्ञा भङ्ग गरेका छन्। कुनै पनि व्यक्ति अपवाद छैन। सधैँ सही काम गरेको आधारमा कुनै पनि व्यक्तिलाई परमेश्वरले स्वीकार गर्न सक्नुहुन्न।
यस बुँदालाई थप जोड दिनको लागि, तपाईंले 3:10 लाई प्रयोग गर्न सक्नुहुन्छ: 3:10 (“धर्मी कोही छैन, एक जना पनि छैन”) र 5:12 (“सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो ।”)
रोमी 6:23
“पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो ।”
पापीहरूले अनन्त मृत्यु कमाएका छन्, तर परमेश्वरले येशूमार्फत अनन्त जीवनको उपहार दिनुहुन्छ।
यस पदले पाप किन यति गम्भीर छ भनी देखाउँछ। पापको कारणले गर्दा, मृत्युको दण्ड प्रत्येक व्यक्तिमा सर्छ। यो अनन्त मृत्यु हो, परमेश्वरको न्याको निम्ति हरेक पापी योग्य छन्।
हामीले कमाएको मृत्युको विपरीत, परमेश्वरले जीवनको उपहार प्रदान गर्नुहुन्छ, जो हाम्रो कमाई होइन।
रोमी 5:8
“तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।”
परमेश्वरको वरदान हाम्रो लागि ख्रीष्टको मृत्युद्वारा प्रदान गरिएको थियो।
परमेश्वरले हामीलाई हामीले पाउनुपर्ने न्याय पाउन दिनुभएन। उहाँले हामीलाई प्रेम गर्नुभएको हुनाले, उहाँले हामीलाई दया प्राप्त गर्ने बाटो प्रदान गर्नुभयो। येशू बलिदानको रूपमा मर्नुभयो ताकि हामी क्षमा पाउन सकौं। परमेश्वरले हामीले मुक्तिको योग्य हुन केही गरौं भनेर पर्खनुभएन - यो हामी पापी हुँदा नै आउँछ। मुक्ति असल मानिसहरूलाई होइन, तर पापीहरूलाई दिइन्छ।
रोमी 10:9
“यदि तिमीले स्वीकार गर्यौ... आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।”
मुक्तिको लागि एक मात्र आवश्यकता भनेको पापीले आफू पापी भएको स्वीकार गर्नु र परमेश्वरको क्षमाको प्रतिज्ञामा विश्वास गर्नु हो।
पश्चात्तापको के हो? यदि कुनै व्यक्तिले आफूले गल्ती गरेको स्वीकार गर्छ र क्षमा चाहन्छ भने, ऊ आफ्नो पाप त्याग्न इच्छुक छ भन्ने बुझाउँछ।
रोमी 10:13
“प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”
उद्धारको प्रस्ताव प्रत्येक व्यक्तिलाई छ। कोही पनि बहिष्कृत छैन। अरू कुनै योग्यताहरू अवस्थित छैनन्।
रोमी 5:1
“विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा ...परमेश्वरसँग हाम्रो मिलाप भएको छ।”
परमेश्वरको प्रतिज्ञामा विश्वास गर्नाले हामी परमेश्वरको मित्र बन्छौं, अब दोषी ठहरिने छैनौं।
परमेश्वरसँग शान्ति कायम राख्नुको अर्थ अब हामी उहाँका शत्रु रहेनौं; हाम्रो मिलाप भएको छ। हामीलाई परमेश्वरबाट अलग गर्ने पापलाई हटाइएको छ। धर्मी ठहरिनु भनेको दोषी नभएको रूपमा गनिनु हो। विश्वासद्वारा धर्मी ठहरिनु भनेको हाम्रो क्षमाको लागि आवश्यक पर्ने सबै कुरामा परमेश्वरको प्रतिज्ञामा विश्वास गर्नु हो।
रोमी 8:1
“यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।”
हामी ख्रीष्टसँग जोडिएका हुनाले, हामीले गरेका पापहरूको लागि अब हामीलाई दोषी ठहराइँदैन।
ख्रीष्टले पापरहित जीवन बिताउनुभयो र क्रूसमा आफ्नो मृत्युद्वारा न्यायको आवश्यकता पूरा गर्नुभयो। विश्वासद्वारा हामी उहाँसँग पहिचान गर्छौं र उहाँसँग परमेश्वर पिताद्वारा स्वीकार गरिन्छ। परमेश्वरले हामीलाई यस्तो व्यवहार गर्नुहुन्छ मानौं हामीले कहिल्यै पाप गरेका छैनौं।
निष्कर्ष
परमेश्वरलाई प्रार्थना गरेर, आफू पापी भएको स्वीकार गरेर, र येशूको बलिदानको आधारमा क्षमा मागेर अविश्वासीले मुक्ति पाउन सक्छ भनी व्याख्या गर्नुहोस्।
सिकाई र अभ्यासको लागि
यो विधि सिक्ने र अभ्यास गर्ने सबैभन्दा राम्रो तरिका भनेको रोमीमा प्रयोग गरिने प्रत्येक पदलाई आफ्नो बाइबलमा घेरा लगाएर वा रेखांकित गरेर चिन्ह लगाउनु हो। त्यसपछि, प्रत्येक पदको छेउमा यसको प्रयोगको क्रम देखाउने संख्या राख्नुहोस्। उदाहरणका लागि, पहिले प्रयोग गरिने पदको छेउमा, संख्या 1 लेख्नुहोस्।
सुसमाचार प्रस्तुत गर्ने अभ्यास गर्नुहोस्। प्रत्येक पद पढ्नुहोस् र यससँग सम्बन्धित व्याख्या दिनुहोस्। प्रत्येक पद (माथि) पछि पहिलो वाक्यमा रहेका अवधारणाहरू समावेश गर्न निश्चित गर्नुहोस्। त्यसपछि, आवश्यक पर्ने व्याख्या थप्नुहोस्, यदि अन्य वाक्यहरू उपयोगी छन् भने प्रयोग गर्नुहोस्। यस पाठमा प्रदान गरिएका ठ्याक्कै शब्दहरू प्रयोग गर्न आवश्यक छैन।
बाइबल बाहेक अरू केही नहेरीकन तपाईंले यो गर्न नसकेसम्म अभ्यास गर्नुहोस्।
(1) पहिलो शताब्दीमा सुसमाचार फैलाउनका लागि तीनवटा महान् संस्कृतिहरूले संसारलाई कसरी तयार पारेका थिए भनी व्याख्या गर्नुहोस्।
(2) परमेश्वरले सधैँ अन्यजातिहरूकहाँ सुसमाचार पुर्याउनका लागि योजना बनाउनुभएको थियो भनेर प्रेरितले कसरी देखाए?
(3) यरूशलेमको मण्डलीको लागि भेटी किन यति महत्त्वपूर्ण थियो?
(4) पावल रोममा कसरी आइपुगे?
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.
Questions? Reach out to us anytime at info@shepherdsglobal.org
Total
$21.99By submitting your contact info, you agree to receive occasional email updates about this ministry.
Download audio files for offline listening
No audio files are available for this course yet.
Check back soon or visit our audio courses page.
Share this free course with others